Muktinath Baba (Information)

श्रीमुक्तिनाथ बाबा श्रीकृष्णा गण्डकीको तटवर्ती पवीत्र गाउं धानस्वारा लहरेपिपल बाग्लुङमा उत्तम ब्राह्मण कुलिन विद्वद्वरेण्य भविष्यवक्ता स्वनामधन्य पं. ज्यो. जयनारायण आचार्यज्यू एवं संस्कारयुक्ता ममतामयी श्रीमती कौशल्या देवीज्युका पुत्र रत्नका रूपमा २०२३ ज्येष्ठ ११ गते यस धराधाममा आविर्भाब हुनुभएका नेपाली माटोका तीर्थहरूलाई माया गर्ने राष्ट्र र रास्ट्रिय संस्कृतिका उपासक , आश्रम, मठ, मन्दिर, अन्नदानक्षेत्र , वेद विद्याश्रम , गुरुकूलम्, धर्मशाला, गौशाला,  स्वास्थ्यकेन्द्र  आदि धार्मिक एवं सामाजिक सेवामुखी अनेकौं संघ-संस्थाहरूका संस्थापक, प्रकाशक-प्रचारक , नेपाल आमाको वरदपुत्र, शतक्रतु विजयी, गर्गाचार्य-कुलभूषण, अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा) अनन्तश्रीविभूषित श्रीश्रीनिवास मुक्तिनारायण रामानुज यतिराज षडाचार्य (श्रीधराचार्य) स्वामीज्यू महाराजका कृपा आशीर्वादवाट श्रीवैष्णव दीक्षाका साथ साधना अनुष्ठानपूर्वक सम्पूर्ण पौरस्त्य वाङ्मयको ज्ञान हासिल पश्चात् केही समय भगवानको दर्शन प्राप्त भएपछि आफ्ना आचार्यका आज्ञानुसार धर्म, समाज र राष्ट्रको सेवामा प्रवृत्त हुनुभयो ।
पूजनीय श्रीमुक्तिनाथबाबाज्यूको लक्ष्य

श्रद्धेय स्वामीज्यू महाराजबाट श्रीमुक्तिनाथ भगवान् एवं मुक्तिक्षेत्र र शालग्राम क्षेत्रको प्रचार प्रसारका लागि "जय श्रीमुक्तिनाथ" अभिवादनका साथ तीर्थयात्रीहरूका लागि मुक्तिक्षेत्रमा विभिन्न स्थानमा अन्नदान, क्षेत्र सरकारको दृष्टिबाट रहित श्रीमुक्तिनाथ धाममा स्वास्थ्य सेवाश्रम सञ्चालन गर्दै यज्ञयागादि कार्य जस्ता विभिन्न धार्मिक, आध्यात्मिक, तथा सामाजिक कार्यका माध्यमबाट श्रीमुक्तिनाथको  अन्तर्राष्ट्रिय रूपमा प्रचार-प्रसार, वैदिक वाङ्मय देवभाषा सँस्कृत शिक्षाको संरक्षणार्थ विभिन्न स्थानमा वेदविद्याश्रम, कन्या गुरुकुल आदिको स्थापना गरी सञ्चालन गर्नुभएको छ । यसरी धार्मिक, आध्यात्मिक तथा सामाजिक कार्यका माध्यमबाट राष्ट्र र समाजको सेवा तथा वैदिक सनातन धर्मको रक्षामा समर्पित श्रीस्वामीज्यू महाराज वर्तमान समयमा राष्ट्रकै एक विशिष्ट धर्मसंवाहकका रूपमा परिचित हुनुहुन्छ । 

Ø  विभिन्न धार्मिक यज्ञानुष्ठान एवं सेवामुखी संघ संस्थाहरू सञ्चालन आदिका माध्यमले सनातन वैदिक धर्म , पूर्वीय संस्कृति सभ्यता र राष्ट्र- राष्ट्रियताको संरक्षण, संवर्धन र विकास गर्ने ।   

Ø  नेपालमा विद्यमान श्रीमुक्तिनाथक्षेत्र, श्रीकृष्णा गण्डकी, श्री शालग्राम भगवान्, श्रीगजेन्द्रमोक्ष दिव्यधाम , श्रीपञ्चमहालक्ष्मी मन्दिर आदि समस्त देवस्थल तीर्थस्थलहरूको ऐतिहासिक महत्वको प्रचार प्रसार र विकास गर्दै नेपालको गरिमालाई विश्वसामु चिनाउने । 

बालबालिकाहरूलाई “अहिंसा परमो धर्म:, द्यौ: शान्ति:, अन्तरिक्ष शान्ति:, वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: , लोका: समस्ता सुखिनो भवन्तु” आदि उदात्त भावनाले भरिएको संस्कार सहित संस्कृत वाङ्मयको शिक्षा प्रदान गरेर ती प्रवक्ताहरूका माध्यमबाट देशका विभिन्न क्षेत्रहरूमा संस्कार सहित पूर्वोक्त आध्यात्मिक एवं सामाजिक चेतना जागृत गराउंदै शान्ति स्थापना गर्ने । 


Swami Kamalnayanacharya
Shree Ji Maharaj
(Shree Muktinath Peethadhish)

Born: 24 May 1966 (1966-05-24)
Baglung, Nepal

Titles/honours: Ananta Shree Vibhushit
Peethadhish of Muktinath Temple
Akhandajyoti Baba Anantashree.

Guru : Swami Shadacharya